आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

साना दरको सुकिला नोटको सटही यही असोज १३ गतेबाट

बिहिबार, भाद्र २७ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले साना दरको सुकिला नोटको सटही यही असोज १३ गतेबाट सुरु गर्नै भएको छ ।  २०८१ सालको बडा दसैंमा माग हुने साना दरका नोट सटहीको लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट मिति २०८१/०६/१३ देखि २०८१/०६/२२ गतेसम्म सुकिला नोट सटही गर्न सकिने राष्ट्र बेंकको भनाई छ ।

राष्ट्र बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको हुँदा आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न समेत आग्रह गरेको छ।