आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

दशैंका लागि असोज १३ गतेबाट सुकिला नोट साट्न सकिने

मंगलबार, भाद्र २५ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दशैँलक्षित नोट सटही सुविधा खुला गर्ने भएको छ।

दशैंमा सर्वसाधारणका लागि नयाँ नोट बाँड्दै आएको बैंकले यस पटक भने सुकिला नोट मात्रै दिने गरी सटही सुविधा खुलाउन लागेको हो।

चाडपर्वलक्षित नोट सटही खुला गर्ने तयारी भइसकेको राष्ट्र बैंकले जनाएको छ ।

यस पटक दशैँलक्षित नोट सटही सुविधा असोज १३ देखि २२ गतेसम्मलाई खुलाउने मिति तय भएको छ ।

दसैँतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैङ्कले यस पटक सोही नोट सटहीको सुविधा दिने छ ।

दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ ।

खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो ।