काठमाडौं । गृहमन्त्री रमेश लेखकले उपभोक्तालाई चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच प्रदान गर्नेगरी आवश्यक प्रवन्ध मिलाउन निर्देशन दिएका छन् ।
बिहीवार मन्त्रालयमा चाडबाड नजिकिँदै गर्दा हुने ठगीका घटनाहरुको बारेमा जानकारी लिँदै नागरिकलाई सहज पहुँच बिस्तार गर्नेगरी परिणामुखी भइ आवश्यक व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायहरुसँग आग्रह गरेका हुन्।
उनले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच उपभोक्ताहरुलाई हुनुपर्ने र त्यसको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताए। उनले नागरिकले सहज र सरल रुपमा उपभोग्य वस्तुहरु पाएको महशुस हुनेगरी परिणममुखी काम गर्न निर्देशन दिए । गृहमन्त्री लेखकले बजारमा कृत्रिम अभाव हुन नदिन, मूल्यवृद्धि निइन्त्रण गर्न, अखाद्यवस्तुहरु चाडबाडको बेलामा बिक्री हुन नदिन पनि उच्च निगरानी गर्न निर्देशन दिए ।
गृहमन्त्री लेखकले दशैँतिहारमा हुने सवारीसाधनको मूल्यवृद्धिको विषयमा पनि निगरानी बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिए ।