आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुनको मूल्यमा नयाँ कीर्तिमान, हालसम्मकै उच्च

बुधबार, भाद्र १२ २०८१

काठमाडौं । सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि भदौ ५ गते सुनको मूल्य १ लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेको थियो ।

अघिल्लो दिनको तुलनामा आज तोलामा ८ सय रुपैयाँले सुन महँगिएको हो । अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८५० रुपैयाँ रहेको चाँदी आज १८५५ कायम भएको छ ।