काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक जारी छ ।
पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बसेको बैठक जारी गरेको एक नेताले बताए।
उनका अनुसार बैठकमा पार्टीका सदस्य डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने विषयमा छलफल भइरहेको छ ।
ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप छ ।
साथै बैठकमा समसामयिक राजनीतिक र राष्ट्रिय भेलाको तयारीका बारेमा पनि छलफल चलिरहेको छ । असोजमा हुने, राष्ट्रिय भेला छाया सरकार सञ्चालन कार्यविधि, सङ्गठन सुदृढीकरण र विस्तार लगायत समसामयिक विषयमा पनि छलफल हुने ती नेताले बताए ।