काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५३ हजार तोकिएको छ । मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
मंगलबार सुनको भाउ प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । मंगलबार १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ८ सय ३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।