सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

बढ्यो सुनको मूल्य

बिहिबार, साउन २४ २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा ३ सय रूपैयाँले बढेको हो ।

बुधबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ ।

बुधबार तोलामा १ हजार ७ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले घटेर १ हजार ६ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।