आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज घट्यो

मंगलबार, साउन २२ २०८१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनकाे मूल्य घटेकाे छ ।

सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा रु दुई हजार तीन सयले घटेको हाे ।

सोमबार प्रतितोला रु एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।

महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४७ हजार सात सय निर्धारण भएको छ ।

तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला रु एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा रु ६० ले घटेको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार सात सय ८५ मा कारोबार भएकामा आजका लागि रु एक हजार सात सय २५ निर्धारण भएको छ ।