बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

इजरायलको आक्रमणमा शीर्ष नेता इस्माइल हानिया तेहरानमा मारिए : हमास

बुधबार, साउन १६ २०८१

काठमाडौं । इजरायलको आक्रमणमा हमासको शीर्ष नेता इस्माइल हानिया तेहरानमा मारिएका छन्। बुधबार हमासले एक विज्ञप्ति जारी गर्दै तेहरानस्थित हानियाको घरमा इजरायलले आक्रमण गरेको र यस हमलामा हानियाको मृत्यु भएको बताएको हो।

इरानको इस्लामिक रिभोलस्नरी गार्डका अनुसार हानियासँगै उनका एक सुरक्षाकर्मी पनि मारिएका छन् । हानिया मारिएको पुष्टि इरानका सञ्चार माध्यमले पनि गरेका छन् । इस्माइल हानिया हमासका पोलिटब्युरोका प्रमुख थिए।

उनी प्यालेस्टाइन प्राधिकरणका दशौं सरकारका प्रधानमन्त्री पनि हुन् । उनको उपनाम अबू अल अब्द हो । उनको जन्म प्यालेस्टाइन शरणार्थी शिविरमा भएको थियो।

उनलाई इजरायलले १९८९मा तीन वर्ष कैद गरेको थियो । अमेरिकी विदेश विभागले सन् २०१८मा उनलाई आतंकवादी घोषणा गरेको थियो।

यस विषयमा इजरायलबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।