बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

मौद्रिक नीतिको सेयर बजारमा सकारात्मक प्रभाव, १ मिनेटमै लाग्यो सर्किट ब्रेक

आइतबार, साउन १३ २०८१

काठमाडौं । सातको कारोबारको पहिलो दिन आज प्रि ओपन सेसनमै नेप्से ३८ अंकले बढेको छ ।

मौद्रिक नीतिपछिको पहिलो कारोबारकाे प्रि-ओपन सेसनमै नेप्से परिसूचक बढेर ३८.२७ अंक पुगेकाे हाे ।

१ मिनेटमै ४ प्रतिशतले नेप्से परिसूचक बढेपछि सर्किट ब्रेकसमेत लागेको छ।

पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२ अंक बढेर २६७० अंकमा कायम भएको छ ।

शुक्रबार राष्ट्र बैंकद्वारा सार्वजनिक मौद्रिक नीतिको विभिन्न सरोकारवालाले सकारात्मक प्रतिक्रियासहित स्वागत गरेका छन् ।

यो क्रम आजको नेप्सेको सुरूवाती कारोबारमा पनि देखियो ।