आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आज सार्वजनिक हुन लागेको मौद्रिक नीति रोकियो, थप परामर्श गरिने

शुक्रबार, साउन ४ २०८१

काठमाडौं । आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति राष्ट्र बैंकले रोकेको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१र८१ को मौद्रिक नीति सार्वजनिक गर्ने भने पनि अन्तिम समयमा आएर रोकिएको हो।

प्रधामन्त्रीका आर्थिक सल्लाहकारमा डा.युवाराज खतिवडा नियुक्त भएपछि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति रोकिएको हो। उनले मौद्रिक नीतिमा थप छलफल हुनुपर्ने बताएका कारण रोकिएको हो।

राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले हिजो पारित गरेको मौद्रिक नीति आज बिहान सञ्चालक समितिले अनुमोदन गरेपछि दिउँसो सार्वजनिक गर्ने तयारी थियो ।

हिजै प्रधानन्त्री केपी शर्मा ओली र डा खतिवडाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएर मौद्रिक नीतिको ब्रिफिङ लिएका थिए ।

अर्थमन्त्रीको बिफ्रिङपछि डा.खतिवडाले थप परामर्श गर्न खोजेका थिए।

सञ्चालक समितिको बैठकले छलफल गर्न थप समय माग गरेपछि आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति पछाडि सरेको हो।