बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अस्ट्रेलियाकी लागि नेपाली राजदूत शेर्पा पदमुक्त

मंगलबार, पुष २४ २०७५

काठमाडौं पुस, २४–
 मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाकी लागि नेपाली राजदूत लक्की शेर्पालाई पदमुक्त भएकी छिन् । सोमबारको मन्त्रिपरिषद् बैठकले राजदूत शेर्पालाई पदमुक्त गर्ने निर्णय गरेको हो । 
सरकारले पदीय मर्यादा विपरितको गतिविधि गरेको गुनासो आएपछि सुरुमा स्पष्टिकरण सोधेको थियो भने त्यसपछि छानबिन समिति नै गठन गरेको थियो । 

छानबिन समितिले उनलाई दोषी देखाउँदै बर्खास्त गर्न सिफारिस गरेपछि मन्त्रिपरिषद्ले यस्तो निर्णय लिएको हो । 

 तत्कालीन माओवादीको कोटामा राजदूत बनेकी शेर्पाको बिषयमा  उतिबेला उनको  नियुक्तिलाई लिएर पार्टीभित्रै असन्तुष्टि सार्वजनिक भएको थियो ।