आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

बिहिबार, असार ६ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ साल असार ६ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

बुधबार घटेको अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बिहीबार भने बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४३ रुपैयाँ २३ पैसा र बिक्री दर १४३ रुपैयाँ ८८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६१ पैसा र बिक्री दर १७० रुपैयाँ ३७ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी साउदी रियाल एकको खरिद दर ३५.५२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६८ रुपैयाँ रहेको छ ।