काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार सहकारीका सञ्चालक तेजविक्रम थापासहित चार जनालाई आजै नियन्त्रणमा लिइएको हो ।
प्रहरीले घटनाबारे जानकारी दिन आज केहीबेर पछि पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछ ।