काठमाडौं । ज्यान सम्बन्धी कसूरका फरार काठमाडौं महानगरपालिका–५ हाँडीगाउँ बस्ने दोलखा भिमेश्वलर नगरपालिका–१ घर भएका ५० वर्षीय गणेश घिमिरेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दोलखा भिमेश्विर नगरपालिका–१ सुष्पाक्षमावती बस्ने ७७ वर्षीय झिलक बहादुर विश्व–कर्मा आइतबार बिहान सोही ठाउँस्थित आफ्नै मकै बारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रही फरार रहेका घिमिरे काठमाडौं महानगरपालिका–५ स्थित लुकिछिपी बसिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।