बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेप्सेको उकालो यात्रामा लाग्यो ब्रेक, झण्डै चार अंकले घट्दा चार अर्ब ४० लाखको सेयर किनबेच

सोमबार, जेष्ठ २१ २०८१

काठमाढौं । नेप्सेको उकालो यात्रामा ब्रेक लागेको छ । अघिल्लो दिन १३ दशमलव ६१ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने तीन दशमलव ९७ अंकले घटेर दुई हजार ७९ दशमलव शुन्य सात अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५८ अंकले घटेर तीन सय ७० दशमलव शुन्य छ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १६ वटा कम्पनीहरुको ५९ हजार दुई सय ९५ पटकको कारोबारमा ८८ लाख २० हजार एक सय २५ कित्ता सेयर किनेबच भएकोमा कुल कारोबार रकम चार अर्ब ४० लाख ७० हजार दुई सय ४७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा लघुवित्त समुहको सुचक एक सय छ दशमलव ७९ अंकले बढेर चार हजार चार सय ८७ दशमलव ५२ अंकमा चढेकोमा बाँकी समुहहरुको सुचक भने घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ३८ अंकले घटेर ११ सय २३ दशमलव ३३ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि १२ दशमलव ४८ अंकले घटेर चार हजार ५१ दशमलव ४४ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि शुन्य दशमलव शुन्य छ अंकले घटेर २१ सय ९५ दशमलव ५७ अंकमा झरेकोमा जलविधुत समुहको सुचक पनि तीन दशमलव शुन्य छ अंकले घटेर २५ सय १३ दशमलव ९४ बिन्दुमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुुचक पनि २० दशमलव ७७ अंकले घटेर १० हजार एक सय ४९ दशमलव ९७ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ७१ दशमलव शुन्य छ अंकले घटेर १० हजार पाँच सय ७४ दशमलव ९० अंकमा झरेको छ । यसबाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बुद्धभुमी नेपाल हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईबिएल स्टेबल फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड परेको छ ।