बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एक ढिक्का भएर बजेटको ‘डिफेन्स’ गर्न प्रचण्डको निर्देशन

शुक्रबार, जेष्ठ १८ २०८१

काठमाडौं । नेकपा (माओवादि केन्द्र)को संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले बजेटको डिफेन्स गर्न निर्देशन दिएका छन्। शुक्रबार बसेको संसदीय दलको बैठकमा राजनीतिक अवस्था र संसद्‌मा पेश भएको बजेटबारे ब्रिफिङ गर्दै यस्तो निर्देशन दिएका हुन् ।

‘अहिले आएको बजेट जनमुखी, आशामुखी रहेको छ, यसको कार्यान्वयन जोड दिनुपर्छ, आआफ्नो स्थानबाट प्रभावकारी भूमिका निर्वाह गर्नुस्।’ प्रधानमन्त्री प्रचण्ड बैकमा भनेका थिए ।

बैठकमा सांसद्हरुलाई पछिल्लो राजनिति अवस्थाबारे सांसद्हरुलाई जानकारी दिँदै वर्तमान सत्ता गठबन्धन तलमाथि नहुने बताए।

बैठकमा प्रधानमन्त्री प्रचण्डले गठबन्धन तलमाथि नभइ एकढिक्का भएर जाने बताएको सांसद माधव सापकोटाले जानकारी दिए ।