काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाईनलमा हैदरबादमाथि शानदार जित निकाल्दै कोलकाता च्याम्पियन भएको छ।
अाईतबार राति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो ।
आईपिएलमा कोलकाताको यो तेस्रो उपाधि हो । यसअघि कोलाकाताले सन् २०१२ र २०१४ मा आईपीएलको उपाधि जितेको थियो ।
पहिले ब्याटिङ गरेर हैदराबादले दिएको एक सय १४ रनको लक्ष्य कोलकाताले १०. ३ ओभरमा दुई विकेट गुमाएर भेट्टायो।
यसअघि चेपौक स्टेडियम, चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले १८.३ ओभरमा अलआउट हुँदै ११३ रन बनाएको थियो ।