आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो आज ?

बिहिबार, जेष्ठ ३ २०८१

काठमाडौं । सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँमा बेचविखन भएको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो ।

वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुन क्रमिक रुपमा घट्दै १९ गते १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको थियो ।

त्यस यता सुनको भाउ फेरि उकालो लागेको हो । चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ ।

बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ८०५ रुपैयाँ कायम भएको छ । यसअघि हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।