काठमाडौं । सूर्य नेपाल प्रा. लि. ले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफिको अन्तर्गत नयाँ टफी ‘तड्का ईमली’ बजारमा सार्वजानिक गरेको छ । कम्पनीले ‘टेष्टको नयाँ ब्लाष्ट’ नारा सहित तड्का ईमलीबजारमा सार्वजनिक गरेको हो । तड्का ईमलीमा इमलीको चटकिलो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको छ ।
कम्पनीका अनुसार टोफिको तड्का ईमलीको विक्री मूल्य ५ रुपैयाँमा २ गोटा कायम गरिएको छ। यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको छ । टोफिको तड्का आँप र लिचीको स्वादमा उपलब्ध हुँदै आएको छ । इमलीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ । यो नेपालभरिका रिटेल पसलहरुमा उपलब्ध छन् । मिन्ट ओ फ्रेस तथा टोफिकोका विभिन्न उत्पादनहरु नेपाली बजारमा उपलब्ध छन् ।