बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

भिभो वाई ०३ नेपाली बजारमा सार्बजनिक

मंगलबार, बैशाख २५ २०८१

काठमाडौ । भिभोले मातातिर्थ औंशीको अवसर पारेर स्लीक डिजाइन, शक्तिशाली कार्यसम्पादन र लामो समयसम्म चल्ने ब्याट्रीको मिश्रण, भिभो वाई ०३ बजारमा सार्बजनिक गरेको छ ।

कम्पनीका अनुसार ४+४ जीबीको एक्सटेन्डेड¥याम र ६४ जीबीकोे जीबीकोे भण्डारण क्षमता रहेकोे यस फोनको मुल्य १३ हजार ४९९ रुपैयाँ रहेको छ। सोमबारबाटै देशभरका अधिकारिक रिटेल स्टोर र दराज अनलाईन मार्फत एकैपटक सर्बजनिक भएको यस फोनले सम्पूर्ण देशवासीहरुको हृदय कब्जा गर्ने कम्पनीको दाबी छ । भिभो वाई ०३मा ९०हर्जको रिफ्रेस रेटको साथ ६.५६ इन्चको इमर्सिभ डिस्प्ले रहेको छ । यस्तै विश्वसनीय मिडियाटेक हेलिओ जि ८५ प्रोसेसरद्वारा सञ्चालित यो फोनमा प्रयोगकर्ताहरूले कुशल मल्टिटास्किङ र सहज कार्यसम्पादनको आनन्द लिन सक्छन्। यसैगरि भिभो वाई ०३को ठूलो ५००० एम ए एच ब्याट्रीरउत्कृष्ट १५ वाटको फ्ल्यास चार्जले दिनभरी उपयोग गर्न सकिने ग्यारेन्टी प्रदान गर्दछ। नवीनतम एन्ड्रोइड १४ अपरेटिङ सिस्टममा आधारित फन टच ओएस १४ मा चलिरहेको यो फोनले प्रयोगकर्ताहरूलाई सुविधाजनक अनुभव प्रदान गर्ने कम्पनीको भनाई छ ।

भिभो वाई ०३ मा डुअल १३ एमपी रियर क्यामेरा सेटअप रहेको छ। सेल्फी र भिडियो कलका लागि ५ एमपी फ्रन्ट क्यामेरा पनि समावेश गरिएको छ। साथै भिभोले हरेक आमाहरूको सम्मानमा अर्को एक विशेष अफर ल्याएको छ । भिभो वाई ०२ टि अब १२ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । यस आमाको मुख हेर्ने दिन, आफ्नी आमालाई भिभोको स्मार्टफोन उपहार दिएर अनुहारमा मुस्कान ल्याउन कम्पनीले आग्रह गरेको छ ।