आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रभु बैंकको २२ औं बार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, बैशाख २१ २०८१

काठमाडौं  प्रभु बैंकले २२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले बिहिबार सञ्चालक समितीका अध्यक्ष लिला प्रकाश सिटौलाको सभापतित्वमा केन्द्रिय कार्यालय बबरमहलमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

बार्षिक साधारण सभा मार्फत बैंकले आर्थिक बर्ष २०७९÷०८० वित्तीय विवरण पारित गरेको छ । यसैगरी सञ्चालकहरुको नियुक्ती अनुमोदन गर्नै, लेखापरिक्षक नियुक्ती गर्नै लगायतका प्रस्तावहरु पनि बार्षिक साधारण सभाले पारित गरेको छ । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ९५ करोड ४६ लाख २५ हजार रुपैंयाँ रहेको थियो ।

चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैंयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा दुई खर्ब ७८ अर्ब ३३ करोड ४८ लाख २९ हजार रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब २९ अर्ब ९० करोड १४ लाख २२ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ अर्ब ४३ करोड ९६ लाख ८४ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा १६ करोड ६५ लाख ४७ हजार रुपैंयाँ रहेको बैंकको स्प्रेड दर भने तीन दशमलव ९६ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले दुई खर्ब ८९ अर्ब नौं करोड नौं लाख २७ हजार रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब ३४ अर्ब १५ करोड ४८ लाख ९५ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ अर्ब ६८ करोड १४ लाख २६ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव १६ प्रतिशत रहेको थियो ।