आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

ज्योति विकास बैंकद्वारा ग्लोवल मनी वीक –२०२४ अन्र्तगत वित्तीय साक्षरताका प्रदान

मंगलबार, चैत्र १३ २०८०

 

ज्योति विकास बैंकले ग्लोवल मनी वीक –२०२४ अन्र्तगत वित्तीय साक्षरताका प्रदान गरेको छ । बैंकले मिति २०८० चैत्र ०५ गते देखि ११ गते सम्म (सन् २०२४, मार्च १८ देखि मार्च २४ सम्म) मनाइएको ग्लोबल मनी विक अभियान अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको हो ।

ग्लोबल मनी विक २०२४ को मुख्य नारा प्रोटेक्ट योर मनी सेक्युअर योर फ्युचर भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा एक सप्ताहसम्म बैंकले विभिन्न शाखाहरु मार्फत देशका विभिन्न ठाउँहरुमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेको हो ।

सो कार्यक्रम अन्तर्गत बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालयहरु अन्तर्गत रहेका विभिन्न शाखा कार्यालयहरु मार्फत सोही क्षेत्रका विद्यालय तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग, बैंक तथा वित्तीय संस्थाका मुख्य कार्यहरु, वित्तीय अनुशासन, आवश्यकता तथा चाहनाहरु, वित्तीय लक्ष्य, बचत, लगानी, खर्च, विद्युतीय वित्तीय सेवाहरू, नगद रहित कारोबार, धितोपत्र बजार, विद्युतीय ठगी, ओटीपी सम्बन्धी ज्ञान लगायतका विषयहरूलाई समावेश गरी १० वटा भन्दा बढी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । साथै, बैंकले ग्लोबल मनी विक अवधि भर बैंकका सामाजिक सञ्जालहरुमा विभिन्न अडियो भिजुअल सामग्रीहरु प्रकाशित गर्ने तथा प्रभात फेरी कार्यक्रमहरु आयोजना गरि विभिन्न वित्तीय सूचनाहरु पनि प्रवाह गरेको छ ।

फलस्वरूप बैंकका यस्ता कार्यक्रमहरुले वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने तथा सानै उमेरदेखि बालबालिका र युवाहरूमा वित्तीय साक्षरता प्रवद्र्धन गर्ने, उनीहरूलाई वित्तीय निर्णयहरू लिन र भविष्यमा सक्षम नागरिक बन्न आवश्यक ज्ञान, सीप र व्यवहारले सशक्त बनाउने उद्देश्यमा स्पष्ट योगदान पुर्याउने बैंकको विश्वास रहेको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ । बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा ए.टि.एम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Dear Sir/Ma’am,

Namaste!!

 

Please find the pictures and press release regarding the celebration of Global Money Week 2024 through engagement and organization of different Financial Literacy Programs by Jyoti Bikash Bank attached herewith. Appreciate you providing good coverage to the press release.

 

 


With Thanks and Best Regards,

 

Kopila Chand
Branding, Corporate Communication and CRM
Jyoti Bikash Bank Limited

Corporate Office (Annex- II), Kamalpokhari

Ext: 4221, Mob: 9802314284

Web: https://www.jbbl.com.np/

 

Kopila Chand <kopila.chand@jbbl.com.np>
to: Branding And Corporate Communication <branding@jbbl.com.np>