धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिबृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले वित्तीय शिक्षा अभिबृद्धि गर्ने हेतुले स्थापित अन्र्तराष्ट्रिय संगठन द अर्गनाईजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्ट (ओईसिडी) र इन्टरनेशनल नेटवर्क अन फाईनान्सियल एजुकेशन (आईएनईएफ) विश्व वित्तीय सप्ताह–२०२४ यही चैत पाँच गते देखि ११ गते सम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको छ । सोही क्रममा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले यही चैत्र ९ गते श्री नुवाकोट आदर्श बहुमुखि क्याम्पस, बिदुर ४, बट्टार मा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक/ शिक्षिकाहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिएको छ ।
कम्पनीका अनुसार उक्त सचेतनामूलक कार्यक्रममा नुवाकोट आदर्श बहुमुखि क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख नारायण मान डंगोल तथा अध्यनरत विधार्थीहरु र शिक्षक/शिक्षिकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, प्रबन्धक अजय घिमिरे र बरिष्ठ अधिकृत सृजना बाँस्कोटाले कार्यक्रम संचालन गरेका थिए । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड विदुर शाखा प्रमुख रिमा श्रेष्ठ तथा शाखाका कर्मचारी सन्तोष बोगटीको समेत उपस्थिती रहेको थियो । साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरेले दिएका थिए ।
सो अवसरमा आयोजित कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि गर्नेछ र सहभागीहरुले शेयर लगानी सम्बन्धि ज्ञान हासिल गरि लाभान्वित हुने विश्वास गरिएको छ । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतिशत लगानीमा स्थापित संस्था हो ।