आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

दावी भुक्तानीलाई सरलिकृत गर्दै सलिको

सोमबार, चैत्र १२ २०८०

सगरमाथा लुम्बिनी इन्स्योरेन्स क.लि.(सलिको) ले दावी भुक्तानीलाई सरलिकृत गर्दै लगेको छ । नेपालको निर्जीवन वीमा क्षेत्रमा दशकैंदेखि स्थापित सगरमाथा लुम्बिनी इन्स्योरेन्स क.लि.(सलिको) र पिनाकल ट्रडिङ कन्र्सन प्रा.लि./पिनाकल र्सिर्भस सेन्टर बीच नगदरहित बीमा दावी सहितको बीमा कारोबार गर्न द्धिपक्षीय सम्झौता भएपछि दावी भुक्तानी सरलीकृत भएको हो ।

सम्झौताबाट पिनाकल ट्रेडिङ्ग कनर्सन प्रा. लि. मार्फत सवारी साधन खरिद गर्ने सवारी धनीले सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लि.मा आफ्नो सवारी साधनको व्यापक बीमा गराएको अवस्थामामा सो सवारी साधन दुर्घटना परि क्षति भएमा बीमितले आफ्नो सावरी मर्मत गर्दा लाग्ने खर्च वापतको क्षतिपुर्ति रकम नगद रहित बीमा दावि क्षतिपुर्ति सेवा अन्तरगत प्राप्त गर्ने छन् । जसबाट ग्राहकले बीना झनझट आफ्नो वीमालेखबाट प्राप्त हुने रकम बाहेकको रकम मात्र मर्मत केन्द्रमा भुक्तानी गरी मर्मत गरिएको सवारी साधन लिएर जान सक्ने सुविधा प्राप्त गर्नेछन् ।

सम्झौतामा पिनाकल ट्रडिङ्ग कन्र्सन प्रा.लि.÷पिनाकल र्सिर्भस सेन्टरको तर्फबाट ईश्वर कुमार श्रेष्ठ तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स क.लि.(सलिको) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन ।