बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

बिहिबार, कार्तिक २३ २०८०

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

आजका लागि छापावल सुनको मूल्य एक लाख १३ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको पनि मूल्य घटेको छ । आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला एक हजार ३ सय ८५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।