आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

बिहिबार, कार्तिक २ २०८०

काठमाडौँ- महालक्ष्मी नगरपालिका–४ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ४५ वर्षीया रेवती नेपालीको फेन्सी पसलमा जुवातास खेलिरहेको अवस्थामा नेपाली समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९४ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।