शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कोका—कोलाको ‘सम्बन्ध उत्सव स्वाद संग’ अभियान पुन शुरु

बुधबार, कार्तिक १ २०८०

काठमाडौ- कोका—कोला नेपालले चाडपर्वको अवसर पारेर ‘सम्बन्ध उत्सव स्वाद साग’ अभियानलाई पुनः शुरु गरेको छ । अभियानमा दशैं र तिहारलाई प्रतिनिधित्व गर्ने कलाकृतिहरू देखाउने दुईवटा लेबलहरू राखिने छ ।

दुईवटा लेबलमा रहेका कलाकृतिले दशैंमा टीका लगाउने, तिहारमा दीयो बाल्ने र देउसी भैलो खेले/मनाउने जस्ता गतिविधिहरू समेटेको कम्पनीले जनाएको छ।उक्त लेबलहरू कोका—कोला १ लिटर, १.५ लिटर र २.२५ लिटरका बोतलहरुमा उपलब्ध हुनेछन् । कोका—कोलाको ‘सम्बन्ध उत्सव स्वाद साग’ अभियानले दशैं र तिहारको भावनासँग पूर्ण रूपमा मिलेर एकता र पारिवारिक बन्धनको मूल नेपाली सिद्धान्तहरू झल्काउने कम्पनीको भनाई छ । कोका—कोला बेभरेज नेपालका म्यानेजिङ्ग डाईरेक्टर, जी दीपक सेन्थिल नाथले कोकाकोलाको यो अभियानले दशैं र तिहारलाई नेपालभरका परिवारहरूका लागि अझ विशेष बनाउन मद्दत गर्ने बताएका छन् ।