काठमाडौं । सुदूरपश्चिम प्रदेशका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
मापन केन्द्रकाअनुसार सोमबार बिहान ९ बजेर २६ मिनेटमा ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रविन्दु भारतको बतन भन्ने स्थान रहेको मापन केन्द्रले जनाएको छ ।
केही दिन अघिमात्र बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निट्यूडको भूकम्पले एक जनाको मृत्यु हुनुको साथै दजनौं घाइते र त्यहाँका सयौं घरमा क्षति पुगेको थियो ।
बझाङमा त्यसअघि ५.३ म्याग्निट्यूडको भूकम्प गएको थियो भने त्यसपछि पनि दजनौं पराकम्पहरू गएका थिए ।