आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कोशीमा मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूको सनाखत भोलि

शुक्रबार, असोज २६ २०८०

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रदेश प्रमुखले सांसदहरुको सनाखतका लागि भन्दै भोलिसम्मको समय मागेका छन् । शुक्रबार कांग्रेसका ८ र एमालेका ३९ सांसद मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख परशुराम खापुङको कार्यालग पुगेका थिए ।

उनीहरुसँग प्रदेश प्रमुखले सांसदहरुको सनाखत गर्ने भन्दै भोलिसम्मको समय मागेका हुन् । कार्कीलाई समर्थन गर्ने ४७ सांसदहरुले भने आजै मुख्यमन्त्री नियुक्त गर्न दबाब दिएका थिए । कोशीको मुख्यमन्त्रीमा माअ‍ोवादीका इन्द्र आङ्बो र कांग्रेसका केदार कार्कीले दाबी पेश गरेका छन् ।

बिहिबार इन्द्र आङ्बोलाई समर्थन गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीका ४७ जना सांसदहरुले हस्ताक्षर गरेको पत्र बुझाएका थिए । दवै पक्षबाट ४७/४७ जनाको दाबी पेश भएपछि प्रदेश प्रमुख परशुराम खापुङले आवश्यक संवैधानिक र कानुनी व्यवस्था बारे सुझाव लिएर निर्णय गर्ने बताएका थिए ।