आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

शुक्रबार, असोज २६ २०८०

काठमाडौं- मोरङको विराटनगर महानगरपालिका–७ मिलन चोकस्थित म्याजिक वासर लण्ड्रिङ एण्ड क्लिनिङ सर्भिसेज प्रालिमा विद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा वासिङ मेसिन १ थान र कपडाहरु पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–११ गुरुद्वारस्थित सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने महाबुद जसगढको आलिया ट्रेर्डस फर्निचर पसलमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा उक्त आगो फैलिएर सोही पसलको छेउमा रहेका अन्य ६ वटा पसलहरू समेतमा आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनु साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।