आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रधानाध्यापकलाई चार दिने भावातीत ध्यान शिविरको आयोजना

शुक्रबार, असोज २६ २०८०

झापा । झापा सुरुङ्गामा प्रधानाध्यापकहरुलाई चार दिने भावातीत ध्यान शिविरकाे आयाेजना हुने भएकाे छ ।

“सम्वृद्धिका लागि संकल्प -जागरण अभियान” भन्ने मुल नाराका साथ संकल्प प्रतिष्ठानको आयोजना र महर्षि फाउन्डेसनको सह -आयोजनामा शिविर सञ्चालन हुन लागेको हो ।

झापा क्षेत्र नं. ४ भित्र पर्ने सामुदायिक र संस्थागत विद्यालयका प्रधानध्यापकहरुलाई चार दिने भावातीत ध्यान शिविर यहि आश्विन २७ गतेबाट झापाको सुरुङ्गास्थित लोटस पार्टी प्यालेसमा हुने भएको छ ।

शान्ति, आनन्द सम्वद्धि र भौतिक सफलताका लागि भावातीत ध्यान शिविर आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र प्रसाईले बताए ।

झापा क्षेत्र न ४ का संघीय सांसद मानानीय लालप्रसाद साँवा लिम्बु (एलपी साँवा लिम्बु ) को विशेष पहलकदमीमा ध्यान शिविर आयोजना हुन लागेको हो ।

उक्त शिविरबाट शान्ति, आनन्द सम्वद्धि र भौतिक सफलताका लागि उपलब्धि हासिल हुने बताइएको छ ।