काठमाडौँ – सुखिपुर नगरपालिका–४ कविलाशी बस्ने राम देव यादवको घरबाट नगद २ लाख ७८ हजार रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करिब ९ लाख रूपैयाँ र सोही ठाउँ बस्ने चन्द्र दिप कामतीको घरबाट नगद १० हजार रूपैयाँ तथा विभिन्न गहना समेत गरी करिब १ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।