आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बिहिबार, असोज २५ २०८०

काठमाडौं- रूपन्देहीको देवदह नगरपालिका–६ सटक खोलास्थित सडकमा लु.२२ प ३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका–६ सटक खोला बस्ने १८ वर्षीय मनोज मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीको कन्चनरूप नगरपालिका–२ बरमझियास्थित सडकमा प्र.२–०३– ००१ ख १०१० नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने राज कुमार गुप्ताको छोरा ७ वर्षीय योगेन्द्र गुप्ताको बुधबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।