आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रधानमन्त्री र नवनियुक्त स्वीस राजदूत बिच भेटवार्ता, द्विपक्षीय सहयोगबारे छलफल

बुधबार, असोज २४ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एचई डानियल म्युली शिष्टचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज नवनियुक्त स्वीस राजदूतसँग भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्डले आज सो अवसरमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।