शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

इजरायलबाट घाइते नेपाली र मृतकको एकजुट भएर छिटोभन्दा छिटो उद्दार गरौं : अध्यक्ष ओली

सोमबार, असोज २२ २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा जारी युद्धमा परी मृतक भएका नेपालीको शव र घाइतेहरुको यथाशीघ्र उद्धार गरी नेपाल ल्याउनु पर्ने बताएका छन् ।

अतिवादी समुह हमासद्धारा इजरायलमा गराईएको आक्रामणमा परी १० नेपालीको ज्यान गए पछि एमाले अध्यक्ष ओलीले सरकारसँग सो आग्रह गरेका हुन् ।

‘नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका नेपाली विद्यार्थीको आक्रमणमा परी ज्यान गयो, दशैंको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नु भएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको छ, हामी सबै शोकमा छौं,’ ओलीले भनेका छन्, ‘घाइतेको तत्काल उद्दार गर्न, बन्धक बनाइएकाहरुको रिहाइ र मृतकको शब ल्याउने यथाशीघ्र प्रबन्ध गर्न सरकारको ध्यान जाओस्। ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली,  परिवारजनमा समवेदना ।’

अध्यक्ष ओलीले हिजो साँझ एउटा भिडियो सेयर गदै प्रधानमन्त्रीलाई भोलि होइन, अहिले नै यसको पहलकदमी लिन आग्रह समेत गरेका थिए । उनले भनेका छन्-
‘प्रधानमन्त्रीज्यू !
यो पीडादायी आवाज सुन्नु पऱ्यो। के गर्न सकिन्छ, छिटो गरौं। भोलि होइन, अहिले नै यसको पहलकदमी गरौं। यसमा हामीले तपाईंलाई के सहयोग गर्नु पर्छ, हामी पनि तयार छौं। यसबेला सबै एकजुट भएर छिटोभन्दा छिटो उद्दार गरौं। सबै नेपाली संयम होऔं।’

इजरायलमाथि अतिवादी समुह हमासले अचानक गरेको आक्रामणमा सयौंको ज्यान गएको छ भने दुवै पक्षबिच भिडन्त अझै पनि जारी छ ।