शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शुक्रबार, असोज १९ २०८०

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदर्शी गाउँपालिका–२ बस्ने २० वर्षीय अजय शर्मा खत्वेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खत्वेले ती किशोरीलाई खोटाङ दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा असोज १० देखि १७ गतेसम्म जबजरजस्ती जरणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको छ ।