काठमाडौं । एमाले सांसद रघुजी पन्तले संसद बैठकमा कविता सुनाएर सरकारलाई प्रश्न गरेका छन् ।
आजको संसद बैठकको सुन्य समयमा बोल्दै पन्तले महंगी बढेर सर्वसाधारणले दशैं मनाउने परिस्थिति नभएको बताएका छन् ।
उनले कवितामा अत्याधिक महंगीका कारण गरिव जनताका घरमा उज्याले छाउन नसकेको बताएका छन् । दैनिक उपभोग्य सामानमा अचाक्लि मूल्यवृद्धि भएको भन्दै उनले सरकारप्रति कविता सुनाउँदै प्रश्न गरेका हुन् ।
यस्तो थियो पन्तको कविता
खल्तीमा तलब हालेर हिँड्यो बजार
चामलको बोराले नाघ्यो तीन हजार
रहर दाल किलोको २५०
बजार भाउ सुन्दा गुम्छ होस हवास
तरकारीले भाउ नै नसोध भने झैँ गर्छ
गोलभेँडाले के किन्लास् तैँले भनेर आँखा तर्छ
दशैं पेस्की आउने कहिले कहिले, पेस्कीमा महंगी आयो
सरकारका घर त उज्याला होलान्, नहुनेको घरमा अहिले नै अँध्यारो छायो
आउन लागेको दशैं सम्झेर जनता मुर्छा पर्छ
सरकार गरिबको दशैं यसपाली कसरी टर्छ ?
मेरो प्रश्न छ– जवाफ देउ सरकार, जनताको दशैं यसपाली कसरी टर्छ ?