काठमाडौ- बकैया गाउँपालिका–५ तिनतलेस्थित सडकमा ना.१ घ ५४४ नम्बरको ट्याङ्कर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खोसेर बुधबार दिउँसो दुर्घटना हुँदा चालक हेटौडा उपमहानगरपालिका–९ हिट बस्ने ३४ वर्षीय सिद्धान्त लामाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका ट्याङ्करका सह–चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।