शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बजार क्षेत्रमा रोपेको बिरुवा उखल्ने महिला पक्राउ

मंगलबार, असोज १६ २०८०

चितवन । शुक्रवार भरतपुर महानगरपालिकाले नारायणगढ बजार क्षेत्रमा रोपेको बिरुवा राति स्थानीयले उखेलेका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर ३ अन्तरगत सहिद चोक–बेल चोक सडक खण्डमा स्थानीय महिलाले राति बिरुवा उखेलेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वर्ष २८ की खुस्बी रौनियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। उनलाई सोमबार पक्राउ गरिएको हो ।

प्रहरीको नियन्त्रणमा रहेको महिलालाई प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सोमबार राति सवा २ बजे आफ्नै पसल अगाडि रहेको बिरुवा उखालेर फालेको सिटी टिभी फुटेजमा देख्न सकिन्छ । घर अगाडि रुख ठुलो भई असर पार्ने भन्दै बिरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्ष मनाउने तयारी स्वरूप एक लाख वटा बिरुवा रोप्ने अभियान नै सञ्चालन गरेको छ । सहरी र ग्रामीण दुवै क्षेत्रमा वृक्षारोपण गर्दै आएको छ ।