शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

राजनीति

भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरू जेल जाने एमाले महासचिवको दाबी

सोमबार, असोज १५ २०८०

काठमाडौँ – एमाले महासचिव शंकर पोखरेलले कुनै पनि भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरू जेल जाने दाबी गरेका छन् ।

एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारलाई जुनसुकै भ्रष्टाचारका फाइल खोल्न चुनौती दिँदै खोलेमा सत्तापक्षकै नेताहरू जेल जाने दाबी गरेका हुन् ।

सरकार भ्रष्टाचारविरुद्ध अभियानमा रहेको बताए पनि भ्रष्टाचारीकै संरक्षणमा लागेको आरोप लगाएका उनले जनतामा भ्रम सिर्जना गर्ने कोसिस गरेको बताए ।