काठमाडौं – रूपन्देहीको सम्मरिमाई गाउँपालिका–७ केरावा डिवा बस्ने ६५ वर्षीय जोगी भुज सोही ठाउँस्थित सडकको किनारमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
स्याङ्जाको आँधीखोला गाउँपालिका–३ खहरे बस्ने यम बहादुर नेपालीको छोरा १२ वर्षीय अनिल नेपाली सोही गाउँपालिका–३ स्थित सरादी खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् । सोही गाउँपालिका–४ स्थित जनप्रिय मावि काउरेमा पढ्न गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका–५ दाउनबारीस्थित खयरघारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।