बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

सोमबार, असोज १५ २०८०

काठमाडौं । चीनको हाङझाउ जारी एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले बंगलादेशलाई पराजित गरेको छ।

आज बिहान भएको खेलमा समूह बीको नेपालले बंगलादेशलाई ३७–२४ अंकले पराजित गरेको हो। योसँगै नेपालले सेमिफाइनल प्रवेशको सम्भावनासमेत बलियो बनाएको छ।

यो समूहमा नेपाल, बंगलादेश र इरान रहेका छन्। नेपालले भोलि इरानसँग प्रतिस्पर्धा गर्दैछ। इरानसँग पराजित भए पनि इरानले पर्सि हुने खेलमा बंगलादेशलाई पराजित गरे नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ। महिला कबड्डीको समूह एमा दक्षिण कोरिया, भारत, थाइल्यान्ड र चाइनिज ताइपेई छन्।