काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि पोखराका लागि उडेका विमान काठमाडौं फर्किएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि यती एयरलाइन्स र श्री एयरलाइन्सका विमान अवतरण नगरी डाइभर्ट भएका हुन् ।
आज बिहान पोखरा विमानस्थलले केही समय सञ्चार उपकरणमा समस्या आएको र अहिले समाधान भइसकेको बताइएको छ ।