शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पशुपति जलहरी प्रकरण : भ्रष्टाचार भएको ठहरसहित तीनजनाविरुद्ध मुद्दा

सोमबार, असोज १५ २०८०

काठमाडौं । पशुपतिनाथको मन्दिरस्थित गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ । अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा। प्रदीप ढकाल, कोषका तत्कालीन कोषाध्यक्ष एवं हालका सदस्यसचिव डा। मिलनकुमार थापा एवं पशुपति क्षेत्र विकास कोषमा कार्यरत बिसेट नाइके (स्टोर किपर) अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो ।

पशुपतिको शिवलिंग (ज्योर्तिलिंग) को गर्भगृहलाई पूर्ण रूपले ढाक्नेगरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि नेपाल राष्ट्र बैंकबाट १०३ केजी ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरिएको थियो । उक्त सुनमा दुई केजी ८९० ग्राम, चाँदी एक केजी २४९ ग्राम, जिंक १२।७५ ग्रामसमेत गरी १०७ केजी ९२४।७५ ग्राम सुन कायम गरिने उल्लेख गरियो । तर, तोकिएको सर्त र निर्णयबमोजिम सुनको जलहरी बनाइएन । निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायतमा प्रयोग गरिएको सुनको परिमाण ९६ केजी ८२२ ग्राम मात्रै उल्लेख गरियो ।

राष्ट्र बैङ्कबाट खरिद गरिएको १०३,७७३।१ ग्राम सुनमध्ये शुद्ध सुन १०२,६१४।० ग्राम देखिन आएको, सुनको जलहरी निर्माणमा प्रयोग भएको चाँदी, तामासमेत मिसावट गरी हुन आउने १०६,४३२।५ ग्राम सुनको शुद्ध सुनमध्ये १००,०८५।९ ग्राम र रुद्रगाडेश्वरमा बाँकी रहेको चाँदी, तामासमेत मिसावट गरी हुन आउने १०३७।५ ग्राम सुनको शुद्ध सुन ९६२।६ ग्रामसमेत गरी जम्मा तौल सुन १०७,४७०।० ग्राममा शुद्ध सुन १०१,०४८।५ ग्राम मात्र रहेको देखिन आएको अख्तियारको ठम्याइ छ।

नेपाल राष्ट्र बैङ्कबाट खरिद गरिएको १०३,७७३।१ ग्राम सुनको शुद्ध सुन १०२,६१४।० ग्रामबाट सुनको जलहरी निर्माणमा प्रयोग भएको सुन तथा निर्माणका क्रममा रुद्रगाडेश्वरमा बाँकी रहेको सुनसमेत शुद्ध सुन १०१,०४८।५ ग्राम सुन घटाउँदा १,५६५।६ ग्राम सुनको परिमाणमा अन्तर ९फरक० देखिएकाले उक्त अन्तर देखिएकोमा नेपाल राष्ट्र बैङ्कले प्रचलनमा ल्याएको जर्ती मापदण्ड अनुसार हुने ०।०७२५ ले हुन आउने ७३।८८२०८ ग्राम सुन घटाउँदा बाँकी हुन आउने १,४९१।७१८ ग्राम ९एक किलो ४९१ ग्राम ७१८ मिलिग्राम० सुन हिनामिना भएको अख्तियारको दाबी छ।