शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मृत अवस्थामा फेला

आइतबार, असोज १४ २०८०

काठमाडौं- काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित फास्टल्याण्ड होटेल एण्ड क्याफेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार राति एक जना महिलासँगै आएर कोठा बुक गरी बसेका उनको कोठामै शव फेला परेको हो । हाल सम्पर्क बिहीन महिलाको खोजी भइरहेको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका–३ लक्ष्मणपुर बस्ने ६६ वर्षीय बुद्धराम थारु आफ्नै घरको धारामा शनिबार मृत अवस्थामा फेला परेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरास्थित चतरा–झुम्का नहरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । मोरङको विराटनगर महानगरपालिका–१९ धनपुरा बस्ने ४० वर्षीया जितनी सहनी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।