बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

१९औं एसियाली खेलकुद : नेपाल माल्दिभ्सविरुद्ध १३८ रनले विजयी

आइतबार, असोज १४ २०८०

काठमाडौं । चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत नेपालले माल्दिभ्सलाई १३८ रनले गराएको छ ।

यसका साथै नेपाल पुरुष क्रिकेटको क्वाटरफाइनल पुगेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाउँदै २१२ रन बनाएको थियो । सो लक्ष्य पछ्याएको माल्दिभ्सले १९.४ ओभरमा सबै विकेट गुमाएर जम्मा ७४ रन मात्र बनाउन सक्यो ।

पहिलो ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले ५२, गुल्सन झाले ३५ , कुशल मल्लले ४७ र कुशल भुर्तेलले ३५ रन बनाएको खेलमा माल्दिभ्सले फराकिलो चुनौती पाएको थियो ।

नेपालका लागि अभिनाश वोहोरा एक्लैले ६ विकेट लिएका थिए । उनले ३.४ ओभर बलिङ गर्दै ११ रन खर्चेर ६ विकेट हात पारे । यस्तै, सोमपाल कामी, सन्दीप लामिछाने, गुल्सन झा, कुशल भुर्तेलले समान १/१ विकेट हात पारे । कुशल मल्लले २ ओभर बलिङ गर्दा कुनै विकेट हात पारेनन् । दिपेन्द्रसिंह ऐरीले पनि ३ ओभर बलिङ गर्दा कुनै विकेट हात पार्न सकेनन् ।