काठमाडौं । सरकार र राहत शिक्षकबिच आज औपचारिक वार्ता हुने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार आधिकारिक पत्र पठाएपछि शुक्रबार औपचारिक वार्ता हुने भएको हो।
राहत, अनुदान शिक्षक र बालविकास शिक्षकबिच छलफल भएपछि वार्तामा बस्न आधिकारिक रूपमा पत्र पठाएको शिक्षा मन्त्रालयका सहसचिव डा। हरि लम्सालले बताए। आज राहत र बालविकास शिक्षकका प्रतिनिधिसँग संवाद गरेर सहमतिको निकास निकाल्ने तयारी रहेको बुझिएको छ ।
राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले सरकार र राहत शिक्षकबीच आज औपचारिक संवाद गरेर छलफलबाटै राहत र बालविकास शिक्षकका समस्या सम्बोधन गरिने विश्वास व्यक्त गरे ।
सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।