शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले बागमती प्रदेश नेतृत्वका लागि ढुंगेल र दाहालबीच प्रतिस्पर्धा, १० बजेदेखि मतदान

शुक्रबार, असोज १२ २०८०

काठमाडौं । अन्तत: नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान हुने भएको छ ।

सहमतिको प्रयास सफल नभएपछि १० बजेदेखि मतदान हुने भएको हो । अधिवेशनको पाँचौं दिनमा अन्तिम नामावली प्रकाशन भएको छ। मतदान पार्टी कार्यालय च्यासलमा हुने छ।

अध्यक्षका लागि अब दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ। तीनजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि दुईजनाबीच मात्र प्रतिस्पर्धा हुने भएको हो। केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका छन्।

अब अध्यक्षको लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुनेछ।

यसैगरी उपाध्यक्ष पदमा चार जना र सचिवमा दुई जनाको उम्मेदवारी कायम भएको छ । उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच तथा सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डित प्रतिस्पर्धामा छन् ।

उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिसकिएकाले आज बिहान १० बजेबाट मतदान सुरु गर्ने तयारी छ । मतदान पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ ।