शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेको कोशी अधिवेशन आजबाट सुरु, अध्यक्ष ओलीले उद्घाटन गर्दै

शुक्रबार, असोज १२ २०८०

विराटनगर । प्रदेश अधिवेशन गरिररहेको नेकपा एमालेको कोशी अधिवेशन आजबाट सुरु हुदैँछ ।

आजबाट सुरु हुने कोसी प्रदेश अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन् ।

आज र भोलिसम्म चल्ने भनिएको कोशीमा अधिवेशनको उदघाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहित पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरूको पनि सहभागीता रहनेछ ।

आज देखि सुरु हुने अधिवेशनमा कोशी प्रदेशका १३७ पालिकाका प्रतिनिधि, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाईएको छ । सो अधिवेशनले ५ जना पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।